2010-01-02

एमालेको नेतृत्वमा नया“ सरकार



एमालेको नेतृत्वमा नयासरकार
करिब नौ महिनापछि नेकपा -माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेतृत्व गरेको संयुक्त सरकार ढलेको छ । अब नेकपा -एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नयासंयुक्त सरकार गठनको ढोका खुलेको छ । त्यसका निम्ति २२ वटा दलका सभासद्हरूको स्पष्ट बहुमतसहितको पत्र सभामुख सुवास नेम्वाङसमक्ष बुझाइएको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले बैशाख २१ गते नै राजीनामा दिएको भए पनि नयासरकार गठनको प्रक्रिया अघि बढाउन माओवादी सभासद्हरूको अवरोधका कारण ढिलो हुनपुगेको छ ।
नेकपा -एमाले) स्थायी कमिटीको बैशाख १७ गते साझ बसेको बैठकले सहमतिबिना एक्लै निर्ण्र्ाागरी प्रधानमन्त्रीले प्रधानसेनापति रुक्माङ्गद कटवाललाई हटाउन खोजे आफ्नो पार्टर्ीीहमत नहुने र त्यसका विरुद्ध उभिने स्पष्ट गरेको थियो । तर, प्रचण्डले मन्त्रिपरिषद्को बैठकबाट बैशाख २० गते १२ बज्दानबज्दै आफ्नो पार्टर्ीीे एक्लो निर्ण्र्ाानुसार नै प्रधानसेनापति कटवाललाई हटाएर बलाध्यक्ष रथी कुलबहादुर खड्कालाई कामु प्रधानसेनापति बनाउने निर्ण्र्ाागर्नुभयो ।
उक्त निर्ण्र्ााो विरोध गर्दै नेकपा -एमाले) र नेकपा -संयुक्त) का मन्त्रीहरूले मन्त्रिपरिषद्को बैठक बहिस्कार गरे भने मधेसी जनअधिकार फोरमका मन्त्रीहरूले नोट अफ डिसेन्ट लेखे । वास्तवमा यही स्वेच्छाचारी निर्ण्र्ााा कारण प्रचण्डले नेतृत्व गरेको सरकार पतन हुनपुग्यो ।
उल्लिखित घटनाका सम्बन्धमा नेकपा -एमाले) स्थायी कमिटीको २० गतेकै बैठकले निम्नानुसार निर्ण्र्ाागरेको महासचिवर् इश्वर पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ः
'राज्यको पुनःसंरचना गरी नयासंविधानको निर्माण गर्ने, शान्तिप्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउने र मुलुकलाई अग्रगमनको दिशामा अघि बढाउने कार्यभारलाई नै गम्भीर प्रतिकूल असर पुर्याउने गरी सरकारमा सहभागी भएका नेकपा -एमाले) लगायतका राजनीतिक दलहरूको गम्भीर असहमतिका बाबजुद प्रधानसेनापतिलाई अवकाश दिने नेकपा -माओवादी)को एकलौटी निर्ण्र्ाा्रति हाम्रो पार्टर्ीीे गम्भीर असहमति छ ।
राजनीतिक सहमतिका आधारमा अघि बढ्नका लागि हाम्रो पार्टर्ीी तर्फाट बारम्बार गरिएको आग्रहका बाबजुद एकीकृत नेकपा -माओवादी)का तर्फाट गरिएको यो निर्ण्र्ाासंविधानको मर्म र भावना तथा प्रचलित कानुनविपरीत छ । संयुक्त सरकार सञ्चालनका सर्न्दर्भमा तयार गरिएको सहमतिको न्यूनतम् साझा कार्यक्रम, आचारसंहिता र कार्यविधिविपरीत समेत रहेको छ । एकीकृत नेकपा -माओवादी)को यसप्रकारको स्वेच्छाचारी कार्यप्रति हाम्रो पार्टर्ीीम्भीर असहमति प्रकट गर्दछ र त्यस्तो गलत निर्ण्र्ााो दृढतापर्ूवक विरोध गर्दछ ।
शान्तिप्रक्रिया र संविधान निर्माणको प्रक्रियालाई नै गम्भीर असर पुर्याउने गरी एकीकृत नेकपा -माओवादी)का तर्फाट लिइएको यस निर्ण्र्ाााई हाम्रो पार्टर्ीी सहकार्यका विरुद्धको निर्ण्र्ााा रूपमा लिएको छ । हाम्रो पार्टर्ीीकीकृत नेकपा -माओवादी)को नेतृत्वको सरकारबाट आजैका मितिबाट अलग हुने र सो सरकारलाई दिदै आएको र्समर्थन फिर्ता लिने निर्ण्र्ाागर्दछ ।
हाम्रो पार्टर्ीीे राज्यको पुनःसंरचना, नयासंविधानको निर्माण र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउने सर्न्दर्भमा राजनीतिक दलहरूका बीचमा संवाद, सहमति र सहकार्यको आवश्यकता रहेको कुरामा पुनः जोड दिन चाहन्छ । यसका लागि राष्ट्रिय सहमतिको संयुक्त सरकार अपरिहार्य रहेको कुरामा पुनः जोड दिदै नयाशिराबाट त्यसका लागि पहल अघि बढाउने निर्ण्र्ाागर्दछ । यस दिशामा सकारात्मक रूपमा योगदान पुर्याउन सम्पर्ूण्ा राजनीतिक दलहरूलाई आह्वान गर्दछ । र, नयासर्न्दर्भमा राष्ट्रिय सहमतिको संयुक्त सरकार निर्माण गर्नका लागि मार्गप्रशस्त गर्न एकीकृत नेकपा -माओवादी) लाई आह्वान गर्दछ ।'
सोही दिन साझ पार्टर्ीीे बल्खुस्थित केन्द्रीय कार्यालयमा बसेको १८ दलहरूको र्सवदलीय बैठकले माओवादी नेतृत्वको सरकारका प्रधानमन्त्री दाहालको कदमलाई स्वेच्छाचारी ठहर गर्यो । र, उक्त निर्ण्र्ाासच्याउनका लागि राष्ट्रपति डा. रामवरण यादवलाई अनुरोध गर्यो । तदनुरूप मन्त्रिपरिषद्द्वारा अवकाश दिइएका प्रधानसेनापति रुक्माङ्गद कटवाललाई राष्ट्रपति यादवले पदमै कायम रही काम गर्न निर्देशन दिनुभयो ।
फलस्वरूप, मुलुकका द्वैध शासन रहेको भन्दै प्रधानमन्त्री दाहालले वैशाख २१ गते राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गर्नुभयो ।
प्रधानमन्त्रीको राजीनामापश्चात् नेकपा -एमाले) केन्द्रीय कमिटीको दोस्रो बैठकमा अध्यक्ष झलनाथ खनालले नयासरकारको नेतृत्व पार्टर्ीी तर्फाट वरिष्ठ नेता माधवकुमार नेपालले गर्नुहुने प्रस्ताव गर्नुभयो र बैठकले र्सवसम्मतिले अनुमोदन गर्यो । उहाको प्रस्तावलाई नेपाली काङ्गे्रस र मधेसी जनअधिकार फोरमका ३२ सभासद् समेतले र्समर्थन गरिसकेकाले प्रक्रिया पूरा गरी उहाप्रधानमन्त्री चयन हुने र नयासरकार गठन गरिने निश्चित भएको छ । 


निर्वाचनद्वारा पोलिट्ब्युरोको गठन
काठमाडौ। नेकपा -एमाले) केन्द्रीय कमिटीको दोस्रो बैठकले निर्वाचन प्रक्रियामार्फ् बैशाख २७ गते २९ सदस्यीय पोलिट्ब्युरो चयन गरेको छ । पदेनसमेत ४१ सदस्यीय पोलिट्ब्युरोमा ८ पदाधिकारी, वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी कमिटीका सदस्य केपी शर्मा ओली स्वतः सदस्य हुनुहुन्छ । यस्तै केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष प्रा. डा. पुष्प कडेल पदेन सदस्य रहने व्यवस्था रहेको छ । उक्त दिन १९ जना पर्ूण्ा र १० जना वैकल्पिक सदस्य गरी २९ जनाका लागि निर्वाचन भएको थियो ।
पोलिट्ब्युरोका सदस्यहरूको निर्वाचन प्रयोजनका लागि केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष डा. डेलको संयोजकत्वमा वैकल्पिक केन्द्रीय सदस्य अच्युत मैनाली र गरिमा शाह सदस्य रहनुभएको निर्वाचन आयोग गठन गरिएको थियो ।
निर्वाचनमा विजयी पर्ूण्ा सदस्यहरू र प्राप्त मत
. भरतमोहन अधिकारी   - ७१
. रवीन्द्र श्रेष्ठ  - ६४
. रघुजी पन्त   - ५९
. मुकुन्द न्यौपाने      - ५४
. केशव बडाल  - ५३
. प्रदीप ज्ञवाली - ५०
. अष्टलक्ष्मी शाक्य     - ५०
. प्रदीप नेपाल  - ४९
. रामचन्द्र झा  - ४९
१०. राजेन्द्रप्रसाद पाण्डे   - ४८
११. महेन्द्र पाण्डे - ४७
१२. सुरेन्द्र पाण्डे - ४५
१३. पशुपति चौलागाईं    - ४५
१४. पृथ्वी सुब्बा गुरुङ    - ४४
१५. काशीनाथ अधिकारी   - ४४
१६. प्रकाश ज्वाला       - ४४
१७. विष्णु रिमाल - ४४
१८. छविलाल विश्वकर्मा   - ४२
१९. उर्मिला अर्याल       - ४०
विजयी पोलिट्ब्युरो वैकल्पिक सदस्य र प्राप्त मत
२०. धर्मनाथप्रसाद साह   - ६६
२१. गङ्गालाल तुलाधर   - ६२
२२. नागेन्द्र चौधरी       - ५६
२३. वेदुराम भुसाल      - ५४
२४. विजय सुब्बा - ४६
२५. खगराज अधिकारी    - ४५
२६. श्रीमाया थकाली      - ४५
२७. अरूण नेपाल - ४४
२८. नरेश खरेल  - ४३
२९. थममाया थापामगर   - ४१
अन्य प्रत्यासीहरूको प्राप्त मत
. गोकर्ण्र्ाावष्ट - ३९
. रघुवीर महासेठ       - ३८
. भानुभक्त जोशी      - ३८
. रकम चेमजोङ - ३८
. किरण गुरुङ  - ३८
. कृष्णगोपाल श्रेष्ठ     - ३७
. गुरूप्रसाद बराल      - ३७
. घनश्याम भुसाल      - ३६
. राजेन्द्र श्रेष्ठ  - ३६
१०. तुलबहादुर गुरुङ     - ३४
११. राधा ज्ञवाली - ३२
१२. वीरबहादुर लामा     - ३२
१३. लालबाबु पण्डित     - ३२
१४. उर्वादत्त पन्त       - ३०
१५. वाचस्पति देवकोटा   - २७
१६. भानुभक्त ढकाल     - ४०
१७. डा. विजयकुमार पौडेल - ३९
१८. दलबहादुर राना      - ३९
१९. गणेश तिमिल्सिना   - ३९
२०. योगेश भट्टर्राई       - ३७
२१. कर्ण्र्ााादुर थापा   - ३६
२२. राजेन्द्र गौतम       - ३४
२३. बिन्दा पाण्डे - १७
उक्त बैठकले निम्नानुुसार प्रस्तावहरू पारित गरेको छ ः
सरकारमा सहभागी भएका राजनीतिक दलहरूको समेत सहमति नलिई संविधानको भावना र मर्मविपरीत प्रधानसेनापतिलाई हटाउने असंवैधानिक निर्ण्र्ााा कारणले उत्पन्न असहज परिस्थितिका बीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पदबाट राजीनामा दिएपछि देशमा नयापरिस्थिति उत्पन्न भएको छ । यो बैठक प्रधानमन्त्रीको राजीनामापछि मुलुकमा उत्पन्न सङ्कटपर्ूण्ा परिस्थितिलाई समाधान गरी मुलुकलाई लोकतन्त्र, शान्ति र अग्रगमनको दिशामा अघि बढाउन राजनीतिक दलहरूबीचको संवाद र सहमतिको प्रक्रियालाई तीव्रता दिन अपरिहार्य रहेको ठहर गर्दछ ।
सङ्कटग्रस्त बन्दै गएको मुलुकको शान्तिप्रक्रियालाई अघि बढाउनु, सहमतिका आधारमा राज्यको पुनःसंरचना गर्नु र तोकिएको समयमा नयालोकतान्त्रिक संविधानको निर्माण गर्नु राष्ट्रका प्राथमिक कार्यभारहरू रहेको ठहर गर्दै त्यसका लागि राजनीतिक दलहरूका बीचमा सहकार्य आवश्यक रहेको कुरामा यो बैठक जोड दिन चाहन्छ । संवाद, सहमति र सहकार्यको यात्रालाई नयाशिरावाट अघि बढाउन नेकपा -एमाले)को नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको कुरामा समेत बैठक जोड दिन चाहन्छ ।
यो बैठक नेकपा -एमाले)को नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि सहयोग गर्न र राष्ट्रिय सहमतिका सरकारमा सहभागी हुन एकीकृत नेकपा -माओवादी), नेपाली काङ्ग्रेस, मधेसी जनअधिकार फोरम र तर्राई-मधेस लोकतान्त्रिक पार्टर्ीीायतका राजनीतिक दलहरूलाई हार्दिक आह्वान गर्दछ ।
मुलुकमा विद्यमान राजनीतिक गतिरोध अविलम्बन अन्त्य गरी नयासरकार गठन गर्नका लागि विभिन्न पक्षहरूसग वार्ता गर्न, न्यूनतम् सहमतिको साझा कार्यक्रम, सरकार सञ्चालनसम्बन्धी कार्यविधि र आचारसंहिता तयार गर्नका लागि अध्यक्षको संयोजकत्वमा एक उच्चस्तरीय वार्ता कमिटी गठन गर्ने निर्ण्र्ाागर्दछ । उक्त वार्ता कमिटीमा कमरेडहरू अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष अशोक र्राई र विद्या भण्डारी, महासचिवर् इश्वर पोखरेल, सचिव शङ्कर पोखरेल स्थायी कमिटी सदस्य केपी ओली, कमरेड भरतमोहन अधिकारी र सुरेन्द्र पाण्डे रहनुहुनेछ ।


जनताको बहुदलीय जनवाद
विकास र समृद्धिको अबको दिशा
र्र् इश्वर पोखरेल
'जडसूत्रवाद र विर्सजनवादको विरोध गरौ“, मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौ“' भन्ने सारगर्भित उद्घोष गर्दै नेकपा -एमाले) ले ०४९ सालमा जनताको बहुदलीय जनवाद -जबज) लाई नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा स्वीकार गरेको थियो । मानव जातिले अहिलेसम्म आर्जन गरेका सर्वोत्तम उपलब्धिहरूको संश्लेषित-वैज्ञानिक निचोडका रूपमा स्थापित मार्क्सवादलाई सिर्जनात्मक रूपमा प्रयोग गर्ने र विकास गर्ने जीवन्त र अठोटपर्ूण्ा सोंचकासाथ नेकपा -एमाले) ले यो विचारलाई प्रस्तुत गरेको थियो । प्रतिकूलताको झन्झावातका कारण अन्तर्रर्ााट्रय कम्युनिस्ट आन्दोलनमा देखापरेको निराशा, हतोत्साह र कुण्ठाले 'शीतलहरी' छाउदै गरेको बेला एकातिर विर्सजनवादी सोच र पलायनका प्रवृत्ति जबरजस्त रूपमा हर्ुकंदै-बढ्दै थियो भने अर्कोतिर जडसूत्रवादी विश्लेषण तथा अभ्यासहरू अगाडि बढाउने प्रयत्न पनि जारी थियो । अनुचित र सङ्गती नमिलेका यी दुवै चिन्तन र आचरणलाई चुनौती दिदै नेपाली भूमिमा नेकपा -एमाले) ले जबजलाई अघि सारेको थियो । कम्युनिस्ट आन्दोलन तथा जनताको मुक्तिको अभियानलाई नयास्तरमा जीवन र गति दिने उद्देश्यका साथ नेकपा -एमाले) ले यो साहसिक काम गरेको थियो । जननेता मदन भण्डारीको विशेष भूमिका र अगुवाइमा नेकपा -एमाले) ले आजभन्दा १७ वर्षगाडि औपचारिक रूपमा यो साहसिक उद्घोष गरेको थियो ।
नेकपा -एमाले) ले बितेका १६ वर्षरूमा कम्युनिस्टविरोधी दक्षिणपन्थी प्रतिक्रियावादीहरूबाट मात्र होइन, आन्दोलनभित्रैका जडसूत्रवादी- उग्रवामपन्थी तथा विर्सजनवादीहरूबाट प्रहार खेप्नु पर्यो । कोणमा भिन्नता देखिए पनि यी दुवै कोणबाट हमला एमालेमाथि जारी नै रह्यो । तर, आफूमाथि गरिएका हमलाको मुकाविला गर्दै जनताको बहुदलीय जनवादको प्रकाशमा अगाडि बढ्ने द्विविधारहित र अविचलित यात्रामा नेकपा -एमाले) कायमै रह्यो । नेकपा -एमाले) भित्रै पनि जबजलाई बुझ्ने, व्याख्या गर्ने र अभ्यास गर्ने विषयमा छलफल, बहस र विवादहरू नचलेका होइनन् । त्यसक्रममा प्राप्त मिश्रति अनुभवहरू हामीसित सङ्ग्रहित छन् ।
मूलतः अहिलेसम्म हामीले जितेका नै छौ। ०४९ माघमा सम्पन्न पाचौराष्ट्रिय महाधिवेशनबाट जबजलाई हामीले कार्यक्रमका रूपमा स्वीकार गर्यौ। ०५४ सालमा सम्पन्न छैटौराष्ट्रिय महाधिवेशनमा आइपुग्दा हामीले जबजको निरन्तरतालाई मात्र स्वीकार गरेनौ“, त्यसलाई आफ्नो सम्पर्ूण्ा विचार तथा कामलाई मार्गदर्शन गर्ने सिद्धान्तका रूपमा स्वीकार गर्यौ। सातौराष्ट्रिय महाधिवेशनमा हामीले त्यसको पुनःपुष्टि नै गर्यौ। र, अहिलेसम्म त्यसैको प्रकाशमा अगाडि बढ्दै गरेको र्सगर्व दाबी हाम्रो रहेको छ । यसैमा आधारित भएर, यसबीचमा हामीले पार्टर्ीीई महत्त्वपर्ूण्ा ढङ्गले विस्तार गर्यौ। समाजका हरेक तप्का, समुदाय र वर्गमा पार्टर्ीीई पुर्यायौ। पार्टर्ीीे प्रभावलाई विस्तार गर्यौ। पार्टर्ीीई संसद्को सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा स्थापित गर्यौर जनताबाट निर्वाचित कम्युनिस्ट पार्टर्ीीे पहिलो लोकप्रिय सरकार बनायौ। आफूले अघि सारेका नीति, कार्यक्रम तथा व्यवहारका कारण त्यो सरकार इतिहासमा लोकप्रिय बन्न सफल भयो । दक्षिणपन्थी शक्तिहरूको गठबन्धनका कारण सरकारबाट हट्नुपरे पनि जनर्समर्थन र लोकप्रियतामा कमी आएन । दर्ुइतिहाइ बहुमत प्राप्त गरी ठूला, अग्रगामी र जनमुखी सुधार गर्दै राज्य र समाजमै आमूल परिवर्तन गर्ने ध्येय-उद्देश्यका साथ नेकपा -एमाले) अगाडि बढिरहेको विषयप्रति राष्ट्रिय-अन्तर्रर्ााट्रय क्षेत्रका सबै दक्षिणपन्थी शक्तिहरू सशङ्कित र त्रसित बनेका थिए । कम्युनिस्ट आन्दोलनको प्रजातान्त्रीकरण, राज्यको प्रजातान्त्रीकरण र सिङ्गो समाजकै प्रजातान्त्रीकरण गर्ने दार्शनिक-सैद्धान्तिक मान्यतामा आधारित जबजबाट निर्देशित हुदै नेकपा -एमाले) ले कम्युनिस्ट पार्टर्ीी रूपमा आफूलाई निरन्तर अगाडि बढाइरह्यो । आफूले लिएको विचार, हिडेको बाटो, जनता र राष्ट्रप्रतिको आफ्नो प्रतिबद्धता र आचरणका कारण नेकपा -एमाले) परिवर्तनका पक्षधर सम्पर्ूण्ा जनताको अगुवा शक्तिका रूपमा स्थापित र प्रिय भइरह्यो ।
तर, हामीले अगाडि बढाउदै आएका अभ्याससगै थुप्रै किसिमका समस्याहरू पनि एमालेका सामू देखापरेका छन् । आफूले स्वीकार गरेको सिद्धान्त, आफ्नो कार्यक्रमिक प्रतिबद्धता, सङ्र्घष्ाका रूप, परिवर्तनको प्रक्रिया, सङ्गठनात्मक सिद्धान्त आदि विषयलाई नयापरिस्थिति र सर्न्दर्भमा अध्ययन गर्नुपर्ने, छलफल चलाउनुपर्ने र निष्कर्षा पुग्नुपर्ने आवश्यकता पार्टर्ीी अगाडि टड्कारो रूपमा देखापरिरहेको छ । यद्यपि, पार्टर्ीीे आठौं राष्ट्रिय महाधिवेशनले यी विषयमा हुनुपर्ने छलफलका केही पक्षहरु उप्काउन त खोजेको छ । तर पनि विषयहरुमा बृहद छलफल र विशद अध्ययनद्वारा उन्नत निस्कर्षा नपुगी पार्टर्ीीई समृद्ध बनाउन सकिंदैन । आज नेकपा -एमाले) को पंक्तिले यस विषयमा विशेष महत्वका साथ ध्यानकेन्द्रित गर्नैपर्छ ।
परिवर्तित सर्न्दर्भमा पार्टर्ीीनर्माणको विषय नेकपा -एमाले) का लागि अत्यन्त महत्त्वपर्ूण्ा कार्यसूची बन्ने कि नबन्ने - यतिबेला नेकपा -एमाले) को जागरुक पङ्क्तिले नयाढङ्गले पार्टर्ीीनर्माण गर्नुपर्छ भनिरहेको छ । त्यो नयाकिसिमले बन्ने पार्टर्ीीस्तो हुने - परिस्थितिलाई पुरानै देख्नेहरूले त नयाकिसिमले पार्टर्ीीनर्माणको आवश्यकता र महत्त्वलाई बुझ्न सक्तैनन् । परिस्थितिमा महत्त्वपर्ूण्ा परिवर्तन भएको त मान्ने तर नयाजीवनलाई ठोस ढङ्गले निर्देशित गर्न नयासिद्धान्तलाई भने स्वीकार गर्न नसक्नेहरू, पुरानै सिद्धान्तमा टासिएर 'बलिदान हुन' चाहनेहरूले पनि नयाकिसिमको पार्टर्ीीनर्माणमा भूमिका खेल्न सक्तैनन् । यस्तै, परिस्थितिमा आएको परिवर्तनलाई त देख्ने, त्यसअनुरूप सिद्धान्तको आवश्यकता पनि महसुस गर्ने-देख्ने तर पुरानो सिद्धान्त र परिस्थितिलाई राम्ररी बुझ्न-थाहा नपाउनेहरूले पनि पार्टर्ीीनर्माणको यो साहसिक अभिभारा पूरा गर्न सक्तैनन् । पाचौदेखि आठौराष्ट्रिय महाधिवेशनसम्म आइपुग्दा हामीले उल्लेख गर्दै आएको मार्गदर्शक सिद्धान्तका सम्बन्धमा नयास्तरमा छलफल चलाउन र हाम्रा आफ्ना बुझाइ र व्याख्यालाई नयास्तरमा सङ्गठित र व्यवस्थित गर्न जरुरी थियो । जबजलाई समृद्ध पारेर मात्रै मार्गदर्शक सिद्धान्तको सवालमा अहिलेसम्म रहदै आएका उल्झनहरूलाई दूर गर्न सकिन्थ्यो । यसका लागि स्वयम् जबजलाई थप व्यवस्थित, थप सुदृढ र थप सङ्गतिपर्ूण्ा सैद्धान्तिक-दार्शनिक आधारमा मजबुतीका साथ उभ्याउन ठोस पहल र प्रयत्न गर्नु आवश्यक थियो । आठौमहाधिवेशनले त्यस दिशामा प्रयत्न अघि बढाएको छ ।
द्वन्द्व र्सवव्यापी छ । प्रकृतिमा द्वन्द्व छ, समाजमा द्वन्द्व छ भने राजनीतिमा पनि द्वन्द्व हुनु स्वभाविक छ । जब राजनीतिमा पनि द्वन्द्व हुन्छ भने त्यसलाई विधिसम्मत रुपमा प्रकट हुन नदिदा विस्फोट र विध्वंस निम्तिनु स्वभाविक हुन्छ । वर्गीय समाजमा शत्रु वर्गहरुका बीचमा मात्र होइन, जनताकै पंङ्क्तिमा पनि विभिन्न तह र तप्काबीचमा द्वन्द्व हुन्छ, त्यो स्वयम् राजनीतिमा पनि प्रकट हुनपुग्छ । मित्रवत् राजनीतिक प्रतिस्पर्धाले मात्र त्यस किसिमको द्वन्द्वलाई समाधान दिन सक्दछ । वास्तवमा, यही दार्शनिक-सैद्धान्तिक मान्यताबाट निर्देशित भएर नेकपा -एमाले) ले जबजलाई अवलम्बन गरेको हो ।
हो, हामीले यही पृष्ठभूमि र आधारमा उभिएर जबजलाई स्वीकार गर्यौं र सधैं-सधैं निर्देशित हुन चाह्यौं । तर यस विषयमा हामीसित अहिले पनि बुझाइमा गतिशीलताको अभाव खट्कदो छ । जबजलाई हामीले गतिमा बुझ्ने कि नबुझ्ने - गतिमा बुझ्ने भनेको के हो - अथवा कसरी गतिमा बुझ्ने - आदि विषयमा अहिले पनि राम्ररी बहस हुनसकेको छैन । जबजलाई हामीले मार्गदर्शक सिद्धान्तको रुपमा त स्वीकार गर्यौं -आठौं राष्ट्रिय महाधिवेशनले यसमा जोड लिएको छ ।) तर अझै पनि यसलाई गतिमा बुझ्ने र गतिमा बुझेर मात्र यसलाई समृद्ध बनाउन सकिने कुरालाई एकरुपताकासाथ स्वीकार गर्न सकिएको छैन । आठौं राष्ट्रिय महाधिवेशनले जबजलाई समृद्ध बनाउने कुरा त गरेको छ, तर जबजका शाश्वत पक्षहरु र राजनीतिक शक्ति सन्तुलनमा आएको परिवर्तनसगै परिवर्तन गरिनुपर्ने विषयहरु के-के हुन् भनेर राम्ररी किटान गर्न सकिएको छैन । त्यसका लागि तयार बनेर मात्रै जबजलाई अझ समृद्ध बनाउन सकिन्छ ।
यसैक्रममा राज्यसत्तासम्बन्धी हाम्रा आफ्नै परम्परागत बुझाइ र मान्यतामा प्रकट हुने गरेका एकाङ्गी दृष्टिकोणमा पनि पुनःगठन गर्नु आवश्यक देखिन्छ । क्रान्ति वा परिवर्तनलाई बुझ्ने सम्बन्धमा रहेका अत्यन्त सतही दृष्टिकोण र अभिव्यक्तिहरू पनि छ्यास्छ्यास्ती प्रकट हुने गरेका छन् । अहिले पनि क्रान्तिकारी परिवर्तनलाई केबल घटनाका रूपमा बुझ्ने चिन्तन र अभिव्यक्तिहरू बलशाली नै छन् । क्रान्तिकारी परिवर्तन एउटा निरन्तरको प्रक्रिया हो, परिवर्तन चाहने प्रत्येक क्रान्तिकारीले त्यो प्रक्रियालाई अगाडि बढाउने कुरामा सक्रिय भूमिका खेलिरहनर्ुपर्छ भन्ने बुझाइ र मान्यतालाई राम्ररी स्थापित गरेर मात्रै जबजको विचारद्वारा निर्देशित पार्टर्ीीनाउन सकिन्छ । वास्तवमा विचारको प्रतिस्पर्धालाई स्वीकार गरेको छ- एमालेले । योग्यता र क्षमता पर््रदर्शन गरेर श्रेष्ठता हासिल गर्ने कुरामा विश्वास गर्छ- एमाले । तर, अहिलेसम्मका अनुभवको उचाइमा उभिएर स्वीकार गर्नैपर्छ- पार्टर्ीीे साङ्गठनिक जीवनमा प्रतिस्पर्धाको अभ्यास सहज हुन सकेको छैन । र, त्यो असहजताले कहिलेकाहीत सिङ्गो पार्टर्ीीीवनलाई गम्भीर नोक्सानीसमेत पुर्याएको अनुभव हामीसित छ । पार्टर्ीीीवनको प्रजातान्त्रीकरण जबजको एउटा महत्त्वपर्ूण्ा र बृहत् आयाम हो । आठौं राष्ट्रिय महाधिवेशनबाट यस दिशामा केही महत्वपर्ूण्ा अभ्यास र निर्ण्र्ाारु भएका छन् । तिनलाई पार्टर्ीीीवनको लोकतान्त्रीकरणका सर्न्दर्भमा आम रुपमा 'अनुपम अभ्यास' भनेर टिप्पणीहरु पनि गरिएका छन् । तर पनि अझै पार्टर्ीीीवनको लोकतान्त्रीकरण जबजको संगठनात्मक सिद्धान्तको सार हो भन्ने कुरालाई एकरुपताका साथ बुझ्नसकेको छैन- नेकपा -एमाले) को पंक्तिले । यो विषयको सारपर्ूण्ा निस्कर्षजबजलाई समृद्ध बनाउने कुरासित छुट्याउनै नसकिने गरी गासिएको छ । जबजलाई समृद्ध सिद्धान्त बनाउन सङ्कल्प बोकेका हामीहरु यही काममा लाग्नर्ैपर्छ । निर्वाचनमा भाग लिने कम्युनिस्ट पार्टर्ीीसरी क्रान्तिकारी बनिरहन सक्छ - कम्युनिस्ट पार्टर्ीी पक्षपोषण गर्दै आएको श्रमजीवी जनताको राज्यलाई वास्तवमा त्यही वर्गको स्वार्थ र सेवामा कसरी कायम राखिरहन सकिन्छ - यस्तो विशिष्ट परिस्थिति, राज्य संचालनमा पुगिसकेको विशिष्ट स्थितिमा जबजको सिद्धान्तद्वारा निर्देशित भएको पार्टर्ीीसरी अगाडि बढ्न सक्छ - अहिले एकातर्फयी विषयको सकारात्मक व्याख्या जबजले अघि सारेका दृष्टिकोण, दृष्टिविन्दू र तरिकाबाटै गरिनर्ुपर्छ भने अर्कोतर्फयसो गरेर मात्रै जबजलाई समृद्ध बनाउन सकिन्छ ।
यदि पदहरूको बाडफाटमा मात्र यसलाई बुझियो र जबजको बृहत् आयाम बनाउन सकिएन भने पार्टर्ीीीवनको प्रजातान्त्रीकरण साकार हुन सक्तैन । धेरैभन्दा धेरै परिभाषित जिम्मेवारी पूरा गर्ने कार्यकर्ताहरूको पङ्क्ति तयार गर्नुपर्ने निर्देशन जबजले गरेको छ । त्यसै आधारमा कार्यकर्ता-नीति पनि बन्नर्ुपर्छ । भूमिगत वा अवैधानिक तरिकाबाट काम गरिरहेको कम्युनिस्ट पार्टर्ीी अख्तियार गरेको कार्यकर्ता-नीति परिवर्तित सर्न्दर्भमा उपयोगी हुन सक्तैन । अहिले विकसित विशिष्ट अवस्था, जबजले बोकेको क्रान्तिकारी परिवर्तनको सोंचसित सङ्गति राख्ने हिसाबले कार्यकर्ता-नीति व्यवस्थित गरिनु पर्दछ । यस्तै, अहिलेसम्म भएको संसदीय क्षेत्रभित्रको कामको समीक्षा र त्यसलाई व्यवस्थित, सन्तुलित र सङ्गतिपर्ूण्ा बनाउनु त्यत्तिकै आवश्यक छ । अहिलेसम्म भएका अभ्यासहरूमा सन्तुलन, समन्वय र सङ्गति नमिलेको कुरालाई अब लुकाउन सकिदैन ।
०६२/६३ को राष्ट्रव्यापी आन्दोलनले शान्तिपर्ूण्ा राजनीतिक जनक्रान्तिको स्वरूप लिएपछि विकसित भएको विशिष्ट परिस्थितिले लोकतान्त्रिक गणतन्त्र, राज्यको पुनःसंरचना, सङ्घीय शासन र समावेशी लोकतन्त्रलाई अनिवार्य विषय बनाएको छ । अबको शासन व्यवस्थामा यी अभिन्न विषय हुने कुरा स्वीकार गरिएको छ । जबजले यी विषयहरूलाई बोक्नर्ैपर्छ- समेट्नर्ैपर्छ । लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिक नारा एमालेले अख्तियार गरेको छ । जबज र कार्यनीतिक नाराका रूपमा तय गरिएको लोकतान्त्रिक गणतन्त्रको अन्तरसम्बन्धलाई व्यवस्थित परिभाषामा समेट्नर्ैपर्छ । लोकतान्त्रिक गणतन्त्रको प्राप्ति र त्यसमा कम्युनिस्टहरूको सक्रिय सहभागिता, पहलकदमी र भूमिकाले मात्रै जबजका लागि मजबुत आधार निर्माण हुनसक्छ । यो अन्तरसम्बन्धका सैद्धान्तिक र राजनीतिक आधारहरूलाई व्यवस्थित बनाएर मात्र अब नेकपा -एमाले) अगाडि बढ्न सक्छ । र, यसले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छ ।
आज जबजका प्रणेता र व्याख्याता जननेता मदन भण्डारीप्रति श्रद्धाञ्जली व्यक्त गरिरहदा र जबजलाई अब नयापरिस्थितिमा दिशाबोध गर्नसक्ने विचारका रूपमा स्थापित गर्न माथि उल्लेख गरिएका केही विषयमा व्यवस्थित छलफलगरेर समुचित निष्कर्षा पुग्नका लागि अब नेकपा -एमाले) अगाडि बढ्नर्ैपर्छ । यो कामको व्यवस्थित थालनीका लागि श्रद्धेय नेताहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने सोह्रौं स्मृति दिवसले पे्ररित गरोस् । जबजलाई केन्द्र गरी बहस छलफलमा प्रस्तुत हुने हरकोहीले यी विषयलाई सम्बोधन गर्न सक्नर्ैपर्छ । यसो गरेर मात्र जबजलाई सैद्धान्तिक लफ्फाजीका साथ तिरस्कार गरी हिंसात्मक बाटो समातेका माओवादीहरूलाई समेत रुपान्तरित गर्ने काममा सहयोग पुग्न सक्छ । त्यसक्रममा जबजकै अन्तरतत्त्व भन्न मिल्ने कतिपय विषयलाई लिएर पनि नयाआवरण दिने उनीहरूको व्यवहारलाई समेत सच्याउन सहयोग पुग्नसक्छ । साच्चै, माओवादीमा इमान्दारी छ र उनीहरू सच्चिन तयार छन् भने सच्याउन पनि सहयोग पुग्न सक्छ ।
हामीलाई मार्गदर्शन गर्ने विचारलाई समृद्ध बनाउने कामले गति लिन सक्नर्ैपर्छ । श्रद्धेय जननेता मदन भण्डारी र जीवराज आश्रतिप्रति हार्दिक श्रद्धाञ्जली
-यो आलेख चौधौं मदन-आश्रति स्मृति दिवस-०६४ का अवसरमा लेखकले प्रस्तुत गर्नुभएको विचार हो, जबजलाई समृद्ध बनाउने सिलसिलामा लेखकले त्यतिबेलै मार्गदर्शक सिद्धान्त बनाउन जोड दिनुभएको थियो । पार्टर्ीीे आठौं महाधिवेशनले त्यस दिशामा महत्वपर्ूण्ा निर्ण्र्ाागरेको छ । जबजलाई अझ समृद्ध बनाउन ध्यान दिनुपर्ने पक्षहरुका साथ लेखकले यसमा सान्दर्भिक परिमार्जन र संशोधन गर्नुभएको छ ।- सम्पादक)