2010-01-12

सहि र साचो राष्ट बाद को खाचो छ !



नेपाली भुमि माथि को अतिक्रमण यो आज हैन हिजो सदियौ देखि हामी नेपाली हरु को ब्यथा हो यसमा कुनै नि देश प्रेमी नेपाली ले हैन भनेर नै भन्न सक्दैन सहि कुरो हो र यहाँ अब सुरुवात भएको छ कुरो राजनीतिक | यसमा जुन नेपाली ले दल हरु को नुन खाएका छन यिनी हरु ले यो माओ बादी को कार्य गल्ति भनेर भन्ने होला तर अरु नेपाली ले बेठिक भनेर भन्ने छैन जस्तो लाग्छ | दल को सदस्य बोकेको ले दल को नियम अनुसार जानु पर्छ भनेर समर्थन नगर्लान तर जब सम्म राष्टियता कुरो हुन्जेल सम्म हामी ले समर्थन गर्दा नै ठिक होला तर यी कुनै नि नेपाल राजनीति दल हरु मा यस्तो प्रवृति छन जुन कि बालुवाटार को विराजमान
को लागि नै राष्टियता को कुरो उठाउने गर्छन | यो अर्थमा चाही हामी नेपाली हरु समर्थन गर्नु हुदैन जब यथार्थ रुपमा देश को माटो को रक्षा को लागि हामी ले पुर्ण रुप मा नै समर्थन गर्नु पर्छ न कि सत्ता प्राप्ति को लागि | यति मात्र होस् देश र जनता को लागि सहि र यथार्त अर्थमा संयोजन गरियोस , फेरी अर्को कुरो यहाँ उठाउनु पर्ने हुन्छ हामी नेपाली हरु कुनै पनि दल को सदस्यता नभयका हरु ले जब सत्ता मा हुन्छन दल हरु राष्टियता को कुरो हराउछ जब सडक मा बास हुन्छ अनि मात्र राष्टियता को कुरो आउछ किन यहाँ नेर नि प्रश्न गर्न मन लाग्छ यी नेपालका राजनीति दल हरु लागि ? हिजो २०४८ को चुनाब पछी नि एमाले नि राष्टियता को नारा लियर धेरै नै दिन म नेपाल बन्द को नाटक मन्चन गरेको नै थियो | मैले बुझे सम्म जब एमाले ले ९ महिने कार्यकाल पछी तेती यो मुद्धा लागि लियर हिडें जस्तो लाग्दैन | अनि फेरी माओबादी हरु भूमिगत बने तेती खेर ठुलो रुपमा देश प्रेम को भाब हरु को माग हरु ठुलो नै भयो यस्तै गरि गरि नेपाली माटो ठुलो रक्तपात पुर्ण गृह युद्ध नै भन्दा हुन्छ , भयो र शान्ति पुर्ण रुप अवतरण गर्न को लागि अप्रिल वार को लाई १२ बुधे सम्झौता भयो जुन नि भारतीय सासक सित नै बसेर भयको थियो | के यो नि राष्टियता थियो ? के नेपाली नेपाली को लागि किन भारतीय चाहियो ? यहाँ नेर नि मैले बुझसकेको छैन | होला यहाँ राजनीतिक बरिष्ट हरु को कुरो होला भन्नु नै पर्छ |
नेपाली राजनीतिमा २०४८ देखि को अवस्था लागि हेर्ने हो भने सब भन्दा बडी समय सरकार म नेपाली कांग्रेस नै बसेको होला यो १८ बर्ष को अवधिमा र बिकाश को कुरो तेती नै भयो भनेर भन्न सकिदैन , तर यो १८ बर्ष मा मेरो आफ्नो स्वतन्त्र बिचारमा ९ महिने सासन काल मनमोहन को नै पुर्ण सफल जस्तो लाग्छ , यो मेरो आफ्नो व्यक्ति गत विचार हो | किन कि देशमा सबै भन्दा बढी ग्रामिण सडक को लागि सुरुवात गरियो को हो जस्तो लाग्छ जुन कि आफ्नो गाउ आफु नै बनौ भनेर जुन नारा थियो यो नै आज गाउ गाउ म गाडी जाने दिन को सुरुवात हो | कसैले हैन भन्न सक्छ किन कि राजनीति रुपमा तर यथार्थ रुप म यहि नै हो गाउ का बिधुवा अवला नारीको लागि दिएको सहयोग नि मनमोहन अधिकारी ले गरेको ठुलो काम जस्तो लाग्छ | अनि ज्येष्ठ नागरिक भत्ता भनेर जुन रकम को सुरुवात अति नै सर्हानिय काम छ | यस्मा कसैको नि बिमती नहोला मनमोहन अधिकारी ले गरेको काम मा | प्रत्येक गाउ बिकाश समिति लागि दियको ५ लाख ले कति स्कुल संचालन गर्न सहयोग भयो कति धारा अनि पानि को ब्यबस्था भयो | तर आज नि एमालेको सरकार छ तेस्तो ठुलो महत्वपूर्ण कार्य भयको छैन जस्तो लाग्छ | नेपाली कांग्रेस को नि होलान सराहनीय कार्य हरु तर लामो समय सरकार मा बसेर कति बिबस्पदक काम हरु नि गरेको छन | त्यति लोक प्रिय सरकार बनेको जस्तो लागेको छैन हुन् त सरकारी स्कुलमा निसुल्क शिक्षा , गाउ मा हुलाक स्वाश्थ्य चौकी , उप स्वस्थ चौकी दुरसंचार को लागि भी स्याट प्रणाली को विकास बिद्युतगृह पनि भयका हुन् | अनि जब एमाले को ९ महिने सासन काल पछी त नेपाल को राज्य सत्ता किन बेचको बिकाश , पजेरो को बिकाश भयर गय | अनि हिजो पन्चे भनेका हरु को प्रतिनिधिमा राज्य संचालन नि यहि २०५१ को चुनाब पछी को सफलता हो जस्तो लाग्छ |
२०५४ को स्थनीय चुनाब मा बाम देब को सफ्लातानै भन्यौ यहाँ के भन्यौ? झार पात अनि सबै नै एमाले मय बन्यो भन्दा अतुयुक्ति नहोला , तेसरी नै स्थानीय चुनाब मा हात लाग्यो , के कसरि भन्ने कुरो यी राजनित गर्ने हरु लागि नै थाहा होला |अनि यस्तै हुदै हुदै गयो र २०५६ को चुनाब मा नेपाली कांग्रेश ले अब कृष्ण प्रसाद भटराई लागि प्रधान मन्त्रीको रुपमा जनता सामु प्रस्तुति गरियो र एक बर्ष पनि टिक्न दिएन र फेरी गिरिजा प्रसाद को ले सत्ता चलाउन हतारिया को अनुभब हरेक नेपाली ले बुझेको न हो र तेश पछी बिस्तारै बिस्तारै कृष्ण प्रसाद ले राजनीति बाट ताडीन थाल्नु भयो यो कुरो सबै मा सर्बिदित नै छ | यसरि हुदा हुदै देशमा बिबिध महा ठुलो ठुलो घटना हरु भय , देश मा राजपरिवार को दुर्घटना अनि तेश पछी नया राजा को आगमन र राजा को सत्ता को मोह ले गर्दा देश को सासनसत्ता आफ्नो हात हत्याउन शेर बहादुर लागि प्रयोग गरियो भन्ने कि के भन्नु , संसद भंग हुन् गयो अनि तेस को केहि समय सम्पूर्ण राजकीयसत्ता आफु मा नै रहेक कुरो गरेर सासन चलाउन थालियो | र जब राजा महत्वाकंछी हुदै गए नै मात्र नेपाली रजनिती दल हरु ले अब भनेको एक हुनु पर्छ भनेर लागे तर नि दिनु जस्तो आन्दोलन को नाम मा लागे यसै क्र्म मा राजाले माघ १९ को दिन सबै जनता लागी बेवास्ता गरि शैनिक को सहयोग मा देशका राजनीतिक दल हरु लागि लगेर थुनियो र आफ्नो मन्त्रि मण्डल गठन गरियो डा. तुलसी गिरि (पंचायत को जननी )मार्फत र देशमा जनता माथिको निरकुंश शासन को दिन हरु कडा कडा हुन् थाल्यो | काठमाडौँ बाट अर्को कुनै नजिक का जिला हरु मा जान को लाईग नि डराउन पर्ने परिश्थिति को अवस्था भयो | जाच गर्ने नाममा निर्दोष नेपाली हरु ले ज्यान गुमाउन पर्यो |बर्गीय युद्ध भनेर नेपाली नेपाली का छोरो छोरो मा लडाई भयो दाज्यु भाई भाई को युद्ध भए यो कुरो मा कुनै नि व्यक्ति को बिमति छैन | यसरि जब राजा निरकुंश बन्दै गए तब नै नेपाल सात दल हरु एक हुनुपर्ने अवस्था को मनन गरियो र १२ बुधेको सम्झौता गरियो र अप्रिल वार को आगो निकालियो |जुन युद्ध मा हरेक नेपाली हरु नै सडकमा उत्रिए भन्दा हुन्छ र राजा बाध्य भयर नै आफु ले लियको अधिकार छाड्न बाध्य भए | अब कुरो हुन्छ कसले यो अधिकार प्रयोगगर्ने भनेर ती सात दलमा ताना तान भयो र मिल्दै जुद्दै २०६४ को संबिधान को चुनाब भयो र फेरी तेहा माओ बादी ले अग्र्स्थना ल्याउन सफल भयो अनि उसले सरकार को साचो हातमा लियर गयो | यसरि जाने क्रम मा जति जति उसले निर्णय गर्छ तेती नै बिबास्पद हुदै गए | ती त्यस्तै हुदै हुदै पूर्व प्रधानसेनापति रुक्मांगत कटवालको बिबास्पद निर्णय सहित माओ बादी को सरकारको अन्त्य भयो | यो कसरि भन्ने भन्दा नि किन भन्दा नि आफ्नै हठ को कारण नि होला अनि उसको आफ्नो दल प्रतिको पहुच को लागि नि होला तर तेश पछी का दिन मा नागरिक को नागरिक सर्बोचाताको लागि भनेर सडक आन्दोलन गर्दै गर्दै आज फेरी अब देश भक्ति नारा हरु गुन्जिन थालेकाछन यो एक अर्थ मा सहि नै छन सरसर्ती हामी नेपाली ले हेर्दा जुन राजनीतिक दृष्टि बाट हेर्दा खेर अनेक अर्थ होलान ती कुरो हामी को लागि गर्भ को बात नै हो | यहाँ जब सिमाना को भुमि मिचियो भनेको राष्टियता को लागि नै हो वा सत्ता को लागि हो बुझ्न सकिन बाकी नै छ | जब सत्ता प्राप्तिको लागि हो भने यो ठुलो भुल हुन् जान्छ नेपाली जनताको आत्म बिश्वास माथि , यदि सहि रुपमा मिचियाको जमिन आफ्नो बनाउन को लागी यो युद्ध हो भने सहि रुप को देश प्रेम हो हैन मात्र सत्ता प्राप्ति को हुन् गयो भने देखि जति नै गधा नुहाउदा नि गाई हुन् जादैन यो चाही सहि हो |यदि सत्ता को लागि नै हो भने हामी सबै नेपाली को चाहन माथिको बलात्कार नै हुन् जानेछ | समय संगै मानिश हरु महत्वाकांछी हुदै गयको हुन्छ | यदि यो एक देश प्रेम हो भने देखि हामी ले नि पुर्ण सहयोग गर्नु नै पर्छ तर बालुवाटार को नै महत्व हो भने राष्ट र जनता माथिको महा पाप नै हो | अब हामी ले हेर्ने दिन हरु को सुरु भएको छ | तर सदै हामी नेपाली लागि भोट ब्यांक को रुप मा नै प्रयोग भएका छन यो एक सहि नाटक को रुप मा | बिबिध नारा देखाएर हामी माथि झुटो नाराले पोतियाको छ हामी हरु को चाहना माथि . कुण्ठित गरियका छन हाम्रा विकास को चाहना हरु माथि | आज देशमा महंगी को कुरो गर्न पर्दैन , जागिर को निश्चित छैन | जस्को पहुच उसकै मात्र पहुछ सरकारी जागिर मा |एक सिधा नेपाली लागि भनेको आकाश को फल नै हो सरकारी सहयोग देखि हरेक . आज बाच्न को लागि राजनीतिक दल को पिछे लग्गु बन्नु पर्ने परिश्थित छन | कुनै एक गाउले दाज्यु भाई बीच झगडा भयो भने आज दल दल को कुरो पो हुन् थाल्यो | मेरो कार्यकर्ता लागि फलानो को कार्यक्रता ले पिट्यो भनेर कुरो के मा झगडा भयो भनेर हेरिन छोडियो , गाउमा बाख्राले मकै खाएको निउ हुन्छ तर राजनीतिक कुरो निस्कने परिश्थित छन \ यी दिन को अन्त्य हुनु नै पर्छ र हामी नेपाली जनता नै अब एक हुने दिन हरु नि आएको छन |जय नेपाल!!!
हरि अधिकारी
तुप्चे -नुवाकोट 
(हाल इजरायल-तेल अभिभ )