2010-01-07

समय चक्र - Baldev Bhatta (फेसबुक)




समय चक्र
सबै लाइ थाहा छ 
सम्पन्नतामा
 
काँसको थाल किन्नु सामान्य कुरा हो!


तिमिले काँसको थाल किनेका छौ 
त्यही थालमा सपना केलाउने राम्रो अभ्यास गरेका छौ
 
बेवारिसे जति सबै सपनाका हुलहरु
 
तिम्रै काँसको थालमा बसोबास गर्न थालेका छन!!


तिनीहरु भरोसाको बिउ सम्झेर
 
तिम्रो पूर्णताको महिमा गर्छन
 
सपनामै तिम्रो जयजयकार गर्छन!


यो पनि सामान्य कुरा हो 
सबै सम्पन्नहरुको दिन
 
सुर्यास्तमा अस्ताचल कै खोजि गर्छ!


चम्किलो आयतनमा हुर्किएका 
सुकिला सपनाहरु मध्यरातमा
 
कोल्टे फेर्दा ब्युंझीन्छन !


यथार्थतामा तिम्रो काँसको थाल 
बन्धकी बस्न आफ्नो बासस्थान बाट अलग्गिएपछि
 
तिम्रै प्रिय सपनाहरु तिम्रो बिपन्न नामर्दीको मलामी बन्न
 
सुकिला बस्त्र लगाएर नदिकिनार चियाउदैछन !!


बलदेव भट्ट "बिहानी"
जोगबुढा, डडेल्धुरा
 
०६-०१-२०१० सिंगापुर



(बलदेव जीको अनुमति बिना ब्लगमा राख्ने दुस्सास गरे है)


No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।