2009-12-20

।। नेता बनाइ देउन हजुर ।।

नेता बनाइ देउन हजुर
बनाइ देउन हाम्लाइ पनि तिमी जस्तै नेता हजुर


नाक, कान, आँखा सबै बन्द बरू गर्छम् हजुर


तिमी जस्तै भेडा बनी नेपाल बन्द गर्छम् हजुर ।।

बनाइ देउन हाम्लाइ पनि बन्दुकधारी नेता हजुर


जनता मार्न, हत्या गर्ने हाम्लाइ लाइसेन्स देउन हजुर


तिमी जस्तै नेता बनी मान्छे बरु मार्छम् हजुर ।।



झुठै झुठको गर्छम् खेती, जुराइदेउन मलजल हजुर


विरुद्धमा बोल्नै दिन्नम, लेख्नेलाइ नी काट्छ्म् हजुर


निरंकुश तिमी जस्तै , हाम्लाइ पनि बनाउ हजुर ।।

संविधान बन्नै दिन्नम, आफ्नै हैकम चलाम् हजुर


सरकार बनाम् , सरकार ढालम्, टाइम पास गरम हजुर


मिटिङ, गोष्ठी, सेमिनारमै राज्य कोष सिध्याम हजुर ।।

– विष्णु प्याकुरेल, उदयपुर 

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।