2009-12-22

गजल




सुन्दैछु म हिजो आज इन्टरनेटमा धाउँदै छौ रे
मेरो माया लत्याएर अन्तै प्रीत गाँस्दै छौ रे ।

थाहै थे न हाम्रो माया यती कमजोर हुन सक्छ
मेरो जस्तै माया तिमी अरू संगै साट्दै छौ रे ।।

अरूको नै कुरा सुन्यौ, मेरो मन जलाइ जलाइ
चर्काएर मेरो घाउ मेरै मजाक उडाउँदै छौ रे ।।

पराइ कै भर पर्यौ, किन सुन्थ्यौ मेरो कुरो
चुडाएर मेरो विस्वास, तिम्ले डेरा सार्दै छौ रे ।।

खप्पीस रै छौ प्रीत बाँड्न, फेरि पनि बाँड्दै छौ रे
पटक पटक जलाउन, अझै पनि बढ्दै छौ रे
मेरो माया लत्याएर अन्तै प्रीत गाँस्दै छौ रे ।

विष्णु प्याकुरेल, उदयपुर, हाल अरब

1 comment:


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।