2009-12-28

समाचार सार

कम्ब्याटसहित मातृकाको बटालियन सार्वजनिक

सोमबार, 28 डिसेम्बर 2009 11:07 नागरिक
समूहमा कम्ब्याट गैर कानुनीः गृहप्रवक्ता-
उजिर मगर, काठमाडौं, पुस १३- मातृका यादवको पुर्नगठित नेकपा (माओवादी)का कार्यकर्ता अहिले एकीकृत माओवादीका शिविरमा बसेका लडाकुले लगाउने कम्ब्याटमा लगाइरहेका छन्।
विस्तृतमा


हामी ब्राम्हणवादी कम्युनिष्ट होइनौं: भट्टराई
सोमबार, 28 डिसेम्बर 2009 10:51 नागरिक
काठमाडौं, पुस १३ (नागरिक)- एकीकृत माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले कांग्रेस एमाले पुरानै संसदीय व्यवस्थामा फर्कन चाहेकाले समस्याको गाँठो परेको आरोप लगाएका छन्।
विस्तृतमा

प्ररायुसंघमा सहमतिको प्रयास असफल, आज निर्वाचन
सोमबार, 28 डिसेम्बर 2009 10:18 नागरिक
अध्यक्षमा ओली र खनाल पक्षका उम्मेदवारबीच कडा प्रतिस्पर्धा
मिथिलेश यादव, लहान, पुस १३- आइतबार अबेर रातिसम्म चलेको सहमतिको प्रयास असफल भएपछि अन्तत: एमाले भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी चयनका लागि निर्वाचन हुने भएको छ।
विस्तृतमा
सरकारले खर्च नदिएपछि सांसदहरु डार्फर जान पाएनन्
आइतवार, 27 डिसेम्बर 2009 23:59 नागरिक
माधव ढुङ्गेल, काठमाडौं, पुस १३ - सरकारले डार्फर जाने खर्च नदिएपछि डेढ महिनादेखि संसदीय टोलीको छानबिन अलपत्र परेको छ। बिहीबार मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्री भीमबहादुर रावलले ५० लाख रुपैयाँ निकासा दिन पछिल्लोपल्ट राखेको प्रस्ताव अस्वीकृत भएको थियो।
विस्तृतमा
शान्ति मिसनमा नेपाली सेना बढे
आइतवार, 27 डिसेम्बर 2009 23:03 नागरिक
यस वर्ष ४ हजार ५ सयभन्दा बढी जाने-
भोजराज भाट, काठमाडौं, पुस १३ - राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनाको सहभागिता गत वर्षको तुलनामा ४३ प्रतिशतले बढेको छ। सन् २००८ सम्म ३ हजार ३ सयको हाराहारीमा मिसनमा खटिँदै आएकोमा सन् २००९ डिसेम्बरसम्म ४ हजार ५ सयभन्दा बढी सैनिक जाने भएका छन्।
विस्तृतमा

पत्रकार विष्टले आत्महत्याको कोशिष गरेकी थिइन् : माओवादी
आइतवार, 27 डिसेम्बर 2009 20:27 नागरिक
काठमाडौं, पुस १२ (नागरिक) - रुकुमकी पत्रकार टीका विष्ट सांघातिक हमलाबाट घाइते भएको नभई उनले आत्महत्याको प्रयास गरेको आरोप माओवादीले लगाएको छ। माओवादी सभासद् लोकेन्द्र बिष्ट मगरले व्यवस्थापिका-संसद्को विशेष समयमा बोल्दै यस्तो दाबी गरेका हुन्।
विस्तृतमा
ढुंगा, गिट्टी र बालुवा भारत निकासीबारे अदालतमा छलफल
आइतवार, 27 डिसेम्बर 2009 19:54 नागरिक
काठमाडौं, पुस १२ (नागरिक) - नेपालबाट दिनहुँ लाख टनभन्दा बढी ढुंगा, गिट्टी र बालुवा भारत निकासी रोक्न आदेश जारी गर्ने, नगर्ने सम्बन्धमा सर्वोच्च अदालतमा छलफल हुने भएको छ।
विस्तृतमा
संविधान संशोधन विधेयक पेश हुन सकेन
आइतवार, 27 डिसेम्बर 2009 19:39 नागरिक
अपाङ्गता महासन्धि अनुमोदन-

काठमाडौं, पुस २२ (नागरिक) - व्यवस्थापिका-संसद्को बैठकमा प्रस्तुत हुने भनी कार्यसूचीमा राखिएको नेपालको अन्तरिम संविधान (सातौं संशोधन) विधेयक प्रस्तुत हुन सकेन। कानूनमन्त्री प्रेमबहादुर सिंहले प्रस्तुत गर्न लाग्दा मधेशी जनअधिकार फोरमका जयप्रकाश गुप्ताले व्यवस्थापिका-संसद् नियमावलिविपरीत भएको भन्दै विरोध गरेपछि प्रस्तुत हुन नसकेको हो।
विस्तृतमा
माओवादी नेताद्वारा तोरणको बढुवा विरुद्ध रिट
आइतवार, 27 डिसेम्बर 2009 17:45 नागरिक
काठमाडौं, पुस १२ (नागरिक) - माओवादीका केन्द्रीय सदस्यसहित तीन जनाले मानव अधिकार उल्लंघन गर्ने तोरणबहादुर सिंहलाई रथीमा बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग राखी सर्वोच्च अदालतमा रिट दिएका छन्।
विस्तृतमा

मातृका माओवादीको बटालियन सार्वजनिक
आइतवार, 27 डिसेम्बर 2009 16:58 नागरिक
'प्रचण्डले जनता र क्रान्तिलाई धोका दिए'

रोहित राई, धरान पुस १२- मातृका माओवादीले जनमुक्ति सेनाको नाममा पूर्वी क्षेत्रमा नामसाम स्मृति बटालियन निर्माण गरेको छ। मातृका यादवको नेतृत्वमा रहेको माओवादीको किरात लिम्बूवान-खम्बुवान-कोइचवान राज्य समितिले आइतबार धरानमा पत्रकार सम्मेलनमार्फत् सेना सार्वजनिक गरेको हो।
विस्तृतमा
• महतो र केएमलाई साधारण तारेखमा छाड्न सर्वोच्चको आदेश
• माओवादी बैठक स्थगित
• दोलखा एमालेमा गुरुङ
• दाहाल र भारतीय राजदूतबीच छलफल
• संघीयताको विरोधमा गण्डकी र धवलागिरी बन्द
• तिब्बत नाकामा सुरक्षा समन्वय बढाउने सहमति
• तरुण दलले युवा दस्ता बनाउने
• हवाई युनिटका लागि सेनाले दुई अर्ब माग्यो
• पत्रिकाप्रति दाहालको आक्रोश जारी
• नोबेल सिफारिसले कोइराला प्रसन्न

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।