2009-12-22

भन प्रिए...!



कस्तो हुन्थ्यो भन प्रिए, सँगै साथै हिँड्न पाए
चौतारीमा हामी सँगै, मायाप्रीती साट्न पाए ।

मनका सबै कथा व्यथा एक अर्कालाई सुनाउँदै ,
हृदयका गहहरू , बिर्साउँदै भुल्न पाए ।

हात माथि हात राखी, सुख दुःख बाँड्न सक्थ्यौं ,
यो समाजमा एउटा राम्रो उदाहरण बन्न पाए ।

निष्ठुर छ दैव पनि , छुट्याएर टाढा लग्यो ,
हामी मिली यो संसारमा, सिर्जनामा जुट्न पाए ।

तिमी छौ र म पनि छु, हाम्रो संसार चलेको छ ,
आँखा अघि सधैँ तिमी, तिमी मात्रै आइ दिए ।

तिमीलाई भेटे देखि, मनमा पाप जागेको छ ,
जीवन भरी तिमी भित्रै यसै गरी डुब्न पाए ।

माया दियौ टाढाबाटै, जली जली बाँचेको छु ,
यो बाँचोलाइ वास्तविक रूप मैले दिन पाए ।

- विष्णु प्याकुरेल, उदयपुर, हाल अरब