2009-12-31

उत्तरआधुनिक सम्भोग -समदर्शी काइँला





नयाँ प्रयोग र धारका उदाँउदा कवि


उत्तरआधुनिक सम्भोग -समदर्शी काइँला

कि जिवन साहै भोग्न लायक छ......

सम्भोग गर्नु = कवीता लेख्नु
निख्लम ऐन्द्रिय कला
अर्थात् रङ्गको समारोह वा भेला।



ऐन्द्रिक संवेदनको सपाट पृथ्वीम
उत्तरआधुनिक सम्भोग!
जूनको सिङ्गै मुस्कान चोरेर
हाँसिरहेको वसन्तको एक रङिलो रात




सेती नदी किनारै किनार बगिरहेछ.....
सल सल सल
सलललललललललल
सल

रङिलो रात गम्लङ्ग ओढेर सर्माइरहेकी प्रकृित
देख्छु म त्यहाँ दुरुस्त मतवाली केटीको आकृित
अनि कलाकेलि खेली खेली
मन पहाडको ओसिलो तरेली
नीलगंगाको गुन गुन गुन
बतासको हल्का हल्का सास
समय उच्छवास।

अग्लो अग्लो दुईओटा पहाडको टुप्पोमा
फकि्ररहेको प्रेमका सुकोमल फूलहरु!!
-
को मलमल परिमलहरु
सुँघ्दै जब म पहाडको टुप्पोमा चढें,
सगरमाथा टुप्पोमा चढेंजस्तो लाग्यो।

यो बिम्बमा प्रतिबिम्ब
तेही मतवाली केटीले
कुमारी बैंशजस्तो एक पाना सादा कागज
मायाको लिफाफाभित्र जतनले दिदै भनिन्
यहाँ भरसक रङ्गीन अक्षरहरु लेख्नू
नसकेपनि खेस्रासम्म भएपनि खेल्नू
तर खाली खाली चाहिँ कतिबेलै नछोड्नू।



कवीता लेख्नु =सम्भोग गर्नु
निख्लम ऐन्द्रिय कला
अर्थात् रङ्गको समारोह वा भेला

बीच बीचमा बक नफुटेको उभोसासे मलिम भाषामा थप्दै थिइन्-
लेख काइँला, लेखी राख, लेख काइँला, लेखी राख
लेख काइँला, लेखी राख, लेख लेख लेख।

पहाडमा धीतमरुन्जेल खेलेपछि
मन लागुन्जेल डुलेपिछ
पछि, पहाडबाट-
फा

हा
ने


रें
खोंचको तीनकुने पोखरीमा
तटवर्ती लजिलीझारहरुको हल्का विद्रोहलाई जितेर
किनकि सगरमाथा चढ्नेहरु पनि
आखिर झर्छन फेदैमा
झरें छप्लङ्ग ओहोर दोहोर ओहोर दोहोर
तरङहरु.... रङहरु.......


बल्ल पो थाहा भो-
महामायाको पृष्ठप्रदेश प्रवेश गरेछु।

सम्भोग-
जिजीविषाको प्रमूख अतिथिमा
रहरहरुको सर्वोच्च सम्मेलन
म तपसिलको निर्णयहरुमा हस्ताक्षर गर्छु-
परमानन्दको पराद्र्ध वैंशालु चकचक
या रहस्यमय सुरुङमार्ग जिवन थकथक
आगो निल्ने अतृप्त भोक
या अरु कुनै नयाँ बहुमुल्य थोक
जिवन भेट हुने केन्द्रिय चोक
या जाती नहुने मीठो मीठो दुख्ने रोग
सृष्टि थामिराख्ने बेरोकटोक मतवाली झोंक
या सौन्दर्यताको पम्पिरित ढोंग
हाकिमले बिन्तिपत्रको जवाफमा राजीखुशीले लगाएको तोक
या एक मात्र सुखको लोक
म त भन्छु सबथोक।

मेरो
मूलमन्त्र!
मनलिङ्गले
मनपरी
मन लागुन्जेल
मायालु
मूलप्रकृतिसित
मौलिकतामा
मच्चिइएर गरेको
मनमाफिक
मनकन्थे
मुलायम
मल्हमजस्तो
मलाई मन्जुर
मेडिटेरेनियनमा
मोती मिल्छ र
मखमली मौसिम बास बसेको
मध्यरात
महामायाको
मदन गृहभित्र
म प .. स् .. दै .. छु ..

कि जिवन साहै भोग्न लायक छ....

अझै उनी परिशिष्ट थप्दै थिइन्-
लेख काइँला ,लेखी राख, लेख काइँला, लेखी राख
लेख काइँला, लेखी राख, लेख लेख लेख । 

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।