2009-12-29

गजल- अबिरल अधिकारी



छाडौ द्धन्द, बढौ अघि, सार खोजौ अब ।
रक्षा गरौ, देशको माटो, प्यार खोजौ अब ।।

सधैं भरी, बिदेशीकै, गुलाम बन्ने हैन ।
मात्रिसेवा, गर्ने नै आ'धार खोजौ अब ।।


नहुनुथ्यो, भै नै गयो, हैन पछुताउने ।
एकतामा, जुट्ने ब्यव'हार खोजौ अब ।।

अती धेरै पिडित् छ , आज हाम्रो माटो ।
आफ्नो हात, दिन उप'हार खोजौ अब ।।

"अविरल", लड्यौ हामी, पुग्यो युद्ध गर्न ।
हामी हामी, बिच सदा'चार खोजौ अब ।।
-अबिरल अधिकारी,


www.abiralsansar.blogspot.com

2 comments:


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।