2009-12-12

किन ...?



किन ...?

मान्छे सबै एउटै, भए किन हो यो जात हजुर?

रंग भेद छुट्याएर, मान्छे किन मार्थे हजुर ?



सबै मान्छे एकै भए, कति जाती हुन्थ्यो होला ?

घृणा मात्र गर्छ मान्छे, स्नेहलाइ पुर्छ हजुर ।



कस्तो कठोर बन्छ मान्छे, तर्की तर्की हिड्छन् यहाँ,

कस्लाइ पो छ चिन्ता यहाँ, जलि रहुन् मान्छे हजुर ?



किन होला यस्तो अचेल, मर्ने मार्ने होड गर्छन् ?

यो होडको दौड भित्र, कति जली-जली बाँच्नु हजुर ?

-विष्णु प्याकुरेल, उदयपुर, हाल अरब

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।