2009-12-31

Abiral Yatri: गजल




Abiral Yatri: गजल


समयमै, संबिधानको, आश छैन घरमा
ठुलावडा, मान्यजनको, बास छैन घरमा

आन्दोलन, सहमतिको, ठ्याक मिल्दैन कैल्यै
मरे जन्ता, फ्याकिदिन्छन, लाश छैन घरमा

बुझ्नु पर्यो, सारा नेपाल, मात्रै हैन भाषण
मानापाथी, रित्तै छन है, गाँस छैन घरमा

त्यतातिर, ध्यानाकर्षण, हुने होला कहिले?
बुढापाका, चिसो ताप्छन, कपास छैन घरमा

भएन है, मुख ताकेर, चालौ अघि पाइला
लागि परौ "अविरल" नै, साहास छैन घरमा?

(साहसलाई साहास भनेर प्रयोग गरेको छु।)
अविरल अधिकारी चितवन 

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।