2009-05-14

सवाललाई - मधेश एक प्रदेशको

Samasya Samadhan's Notes (FROM FACEBOOK USER)

वास्तवमा मधेश एक प्रदेशको सवाललाई बुझ्न खोज्नु नितान्त आवश्यक छShare
Today at 12:26am
Someone Asked:
वास्तवमा मधेश एक प्रदेशको सवाललाई बुझ्न खोज्नु नितान्त आवश्यक छ् तपाईंले गर्नु भएको प्रश्नको जवाफ दिनु पर्दा मेरो बुझाईको बिषय र सबै नेपालीको सन्तानहरुले बुझ्नै पर्ने र आत्मसात गर्नै पर्ने बिषय हो यो । शायद यहाँहरुलाई ज्ञात होला नेपाल तीन भागमा बाडिएको छ जसलाई हिमाली , पहाडी र तराइ अथवा मधेश भनेर बुझ्नु पर्छ जुन शायद यहाँलाई पनि ज्ञात हुनु पर्छ ।

मधेश भनु अथवा हाम्रा थारु दाजु भाई हरुले भ्न्ने गरेका तराइ प्रदेश नेपाल को दक्षिण भागमा पुर्व देखी पशिम सम्म फैलिएको छ । नेपालको अन्न को भखारी र कुल आम्दनी अर्थात राज्स्व को अशी प्रतिशत कर तिर्ने तर २०प्रतिशत मात्र बिकास बजेट पाउने तराइ भित्र २२ जिल्ला छन । अहिले सम्मा खश ससक हरु द्वारा ठगिदै आएको मधेश अब आफ्नो शासन आँफै गर्न चाहेका छन त्यसइ कारनले समग्र मधेश एक प्रदेश भनेका छ । समग्र मधेश्को भुगोल ईतिहास भाषा सँस्क्रिति समेत मिल्ने भएकोले मधेसी हरु स्वायत एक मधेश एक प्रदेश चहेका हुन । सबै नेपाली लाई अन्न खुवाउने मधेशलाई समपूर्ण नेपालीले आफ्नो अन्नदातालाई दिनु पर्ने सम्मान दिनै पर्छ । सबैलाई चेतना भया ।


Samasya Samadhan:
धन्यवाद है तपाईँले रिस्पन्स गर्नु भयो । म पनि मधेश मै जन्मेको हुँ । मेरा साथीहरु सबै मधेशी नै छन् । उनिहरुको सम्मान गर्नमा मलाई कुनै समस्या छैन र हामीहरु बिच कुनै जातिय भेदभाव पनि छैन । तर मधेशको नाम लिने र साँसद मन्त्री पदमा आँखा लाउने नेताहरुको विरोध भएको हो जसले मधेशको नाममा कमाउने काम गरेका छन् ।

साथै तपाईँले भने जस्तो अन्न दिनेलाई अन्नदाता मान्ने हो भने नेपाललाई चाहिने चामल जापान लगायतका देशबाट आयात गर्नु पर्छ अनि जापानलाई अन्नदाता भनेर अधिकार दिनु उपयुक्त हुन्छ भने ठिकै छ । सँस्कृति, भूगोल मिल्नेलाई कुनै एउटा सबैलाई स्वीकार हुनेखालको नाम राखेर प्रदेश तोक्न सकिन्छ । मधेश वा तराई जे भने पनि त्यो एउटा भूगोल र सँस्कृतिको समूह नै हो । अब रह्यो खश र अन्य जाति भन्ने, त्यो विभाजन त जुनसुकै जाति भित्र पनि हुन्छ नै । भोली मधेशी बाहुन, यादव, मुसहर, चमार जाती विच पनि विभाजन त हुन सक्छ नै । साथै यस्तो विभाजनले विश्वमा कहिँ पनि समस्याको समाधान गरेको छैन बरु अझ बढाएको छ । उदाहरणको लागि बुरुण्डिलाई लिन सकिन्छ ।

[The Burundi Civil War was an armed conflict lasting from 1993 to 2005. The civil war was the result of long standing ethnic divisions between the Hutu and the Tutsi tribes in Burundi. The conflict began following the first multiparty elections in the country since gaining independence from Belgium in 1962 and is seen as formally ending with the swearing in of Pierre Nkurunziza in August 2005. The estimated death toll stands at 300,000 killed.] Source: http://en.wikipedia.org/wiki/Burundi_Civil_War

यो पनि हेर्नुस् http://en.wikipedia.org/wiki/List_of_civil_wars

अनि यो पनि http://en.wikipedia.org/wiki/Nepalese_Civil_War


सबै मिलेर देशको आर्थिक र सामाजिक विकासमा सहभागी हुनु पर्नेमा सबै विभाजित भएर एक आपसमा लडेको कारण देश झन झन पछाडि धकेलिँदै छ । देशमा सँकट आउँदा त्यसले मधेशी पहाडी खश र अन्य जाति भनेर छुट्ट्याउँदैन सबैलाई असर गर्छ । हरेक क्षेत्रमा त्यहाँको जनसँख्याको वितरण अनुसार धेरै जनसँख्या भएको जात जातिले स्वतः प्रतिनिधित्व गर्छन् नै यसमा विवादै छैन । तर कतिपय अवस्थामा चुनावमा प्रतिस्पर्धा गर्ने व्यक्तिको जात भन्दा दल प्रतिको आस्थाका कारण वितरणमा प्रभाव परेको हुन सक्छ । पहिले चेतनाको विकास नहुँदा ठग्नेले ठगे पनि होला अब त चेतनाको विकास भएपछि अधिकार त सबैले बराबर पाई हालिन्छ नि । तपाईँ जस्तो पढेलेखेको पत्रकारले पनि जातियताको मुद्दाका पछि लाग्नु राम्रो होईन । जातिय विभाजन देशको लागि साह्रै घातक कुरा हो भन्ने कुरा हामी सबैले बुझ्नु पर्छ । हामी पहिला नेपाली हौँ र सबै नेपालीलाई समान अधिकार हुनु पर्छ भन्ने मेरो पनि मान्यता हो । राज्यले कसैलाई भेदभाव गर्दैन तर व्यक्तिले गर्न सक्छ । त्यसैले त्यस्ता व्यक्ति पत्ता लगाउने र कारवाहि गर्ने हो भने मेरो त्यसमा पूर्ण समर्थन छ ।

MY COMMENTS :

वास्तबमा यहाँ समस्या समाधान जीका कुरामा केही भन्नु पर्दा मैले देखेको र हामी सबैलाई अहिले आबस्यक भएको पनि उन्नती र प्रगती नै हो । यस्को कुनै बिकल्प छैन आमा नेपाली ले चाहेको । हाल सबै मिलेर एउटै मात्रै कुरो सोच्नु पर्ने बेलामा नाना थरिका कुरामा अल्झएर देशको बिकाशमा अबरोध सिर्जन गर्नु भनेको आफ्नै खुट्टामा आँफैले बन्चरो हान्नु बाहेक अरु केही हुन्न । देशमा अहिले एकता र आत्मबिश्वास को खाचो छ । यदी मधेश एक प्रदेशको उल्झाइमा अल्झिएर राष्ट्रका अन्य मुल्भुत कुरा लाई थान्ती राख्ने हो भन्ने भोली धरानका बसिन्द ले धरान मग्लान , नेपालको पहाडी भेग म बसोबाश गर्नेले हामी एक हाम्रो पहाड एक भन्लन, त्यस्बेला के गर्ने ?

हरेक जिल्ला - जिल्ला बाट प्रतिनिधि छन्ने ब्यबधान मुलुक को कनुनमा भएको अवस्थामा त्यहा हरेक जात जाती का , हरेक सम्प्रदय का प्रतिनिधि हरु त गएकै हुन्छन तिनी हरुको पहुछ सबैले पुरएकै हुन्चन भने अब यो बिखन्दन को आवश्यकअत त्यती सान्दर्भिक देखिदैन। देशमा हाल सरकार नभएको र मुलुक्को कानुन बनी नसकेको परिस्थिती मा अहिले बल्दो समस्या तिरै सबिअले लागि दिये सबै नेपाली को कल्यन हुनेथियो भन्ने मलाई लाग्छ । भिभजन ले सधै बिभजन नै निम्त्याउछ । हामीले अहिले मात्रै नेपाली भएर सोच्ने बेलाअएको छ । मधेश एक पहाड एक तराइ एक भन्नु भन्दा हामी नेपाली हाम्रो नेपाल राम्रो नेपाल भन्ने तिर साबै को ध्यान जान सके हामी तीन करोड नेपाली को कल्यन हुने थियो ।
VISHNU PYAKUREL

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।