2009-04-28

आखिर कहिले सम्म ?

आखिर कहिले सम्म ?

म सोझो गाउँले
अनि एक इमान्दार नेपाली
तिम्रो लोले–पोतोमा म पोतिनै पर्ने
हरेक झुक्याइमा म झुक्किनै पर्ने
तिम्रो मिचाहा प्रवृत्ती मैले सहनै पर्ने
आखिर कहिले सम्म ?

म अनपढ गाउँले
अनि एक सच्चा देशभक्त
म इतिहास जान्दिनँ
किनकी आचार्यसंग म अपरिचत
मलाइ मेरो भूगोल चिनाइदेऊ
मलाइ मेरो माटो खुट्याइदेऊ
म झुट्टा कुरा जान्दिनँ
तिमी जस्तो बाइफाले बन्न आउँदैन
मेरो अधिकार तिमी नखोस
तिम्रो कर्तव्यपरायणता मलाइ चाहिएको छ
किनकी मलाइ परिवर्तन चाहिएको छ
आखिर कहिलेसम्म ? यो तटस्थता ।

म विकास प्रेमी गाउँले
अनि परिवर्तनशिल मातृभक्त नेपाली
पञ्चायत भन्यौ , साथ दिएँ ।
प्रजातन्त्रमा मै होमिएँ
तिम्रो गणतन्त्र पिडाकारक बन्दैछ
मलाइ केही चाहिदैन, मात्र विकास देऊ
मेरो सल्लोको दियालो सिद्धीसक्यो
पाखुरी विदेशिएका छन्
तर मेरो खेतको डल्लो ज्युँको त्युँ छ
मेरा जहान भोका छन्
तर मलाइ तिम्रो राहत होइन
कुलो र कुलेसा चाहिएको छ ।
काम गर्न पाउने ठाउँ चाहिएको छ ।
विदेशिएका हात–पाखुरी चाहिएको छ ।
बिजुली न सहि, मट्टितेल सर्वसुलभ चाहिएको छ ।
मेरो परिवार रोएको छ, अभावमा ।
मेरो गाउँ पिल्सिएको छ , अभावमा ।
मेरो देश आक्रान्त छ , अभावमा
आखिर कहिलेसम्म ? यो अन्योल ।

अज्ञात अज्ञात
साउदी अरेबिया, रियाद
२०६६ बैशाख १५

1 comment:

  1. ayagat sir, ma pani gaule nai ho,,,,,,,
    i like your poem

    ReplyDelete


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।